काठमाडौं । मेलिना मैनाली र भक्त बिश्वोकर्माको आवाज रुबिना अधिकारी र भोला शंकरको अभियनयमा ”अनमोल प्रिती” बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। यस भिडियोमा रुबिना अधिकारी र भोला शंकरलाई रोमान्स तरिकाले फिचर्ड गरिएको देखिन्छ।
गीतमा पदमराज बि क को शब्द / संगीत रहेको छ। उक्त गीतमा मेलिना मैनाली र भक्त बिश्वोकर्माको रहेको छ। गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन्। मारुनी स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई कुमार रानाले मिक्स / मास्टरिङ्ग गरेका हुन् र सुमन रानाले रेकर्ड गरेका हुन्।
निशान बानियाको निर्देशन र अमर सुनारको कोरियोग्राफ रहेको उक्त भिडियोमा रुबिना अधिकारी र भोला शंकरको अभियनय देख्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई शिव पौडेलले सम्पादन / कलर गरेका हुन् । ”अनमोल प्रिती” म्यूजिक भिडियो पानस डिजिटल अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :