काठमाडौं । राजु गिरीको निर्देशनमा र स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्दको डेब्युमा चलचित्र ‘तिम्रो हुने कहिले’ को पहिलो गीत सार्वजनिक भयको छ।
चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ गते देखि देश भरि रिलिज हुने भएको छ।
क्लासिक फ्रेमको प्रस्तुति रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ को निर्माता भने सुधन धिताल / श्याम खत्री रहेका छन्।
यस चलचित्रमा प्रकाश चन्द / मौसमी ओली / करुणा पाण्डे / सबिन बास्तोला / शारदा गिरि / मिना जि.सी. / सुधन धिताल /मुस्कान रेग्मी मोहन घिमिरे /सुपा खनाल / ललित सिंह साउद/ सेखर खनाल / साश अधकारी / रचना पौडेल / काजल गिरि / कंगना गिरि/ सुचेन्द्र परियार / समिता रिजाल / संगम भण्डारी / लक्ष्मन बिक्रम बस्नेत / सरोज मानन्धर लगायतका कलाकारहरुको अभिनय छ ।
राजु गिरिको निर्देशन र लेखन रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ को पहिलो गीत ‘तिम्रो हुने कहिले’ मा सुरेश पाण्डेको कोरियोग्राफ र देव महर्जनको द्धन्द्ध निर्देशन छ । रामकृष्ण चौलागाईं को छायाँँकन,ललित सिंह साउदको सम्पादन रहेको छ। बाबुल गिरिको शब्द / सङ्गीत / संगीत संयोजन रहेको चलचित्रको गीतमा बाबुल गिरि र सुजता के सी को स्वरमा रहेको सो गीतमा प्रकाश र मौसमी फिचर्ड छन् ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।