काठमाडौं । लोक प्रिय गायक नरेन्द्र प्यासीको आवाज कमल सिंह / नग्मा श्रेष्ठ र समिक्षा पोखरेलको अभियनयमा ”उनले जस्तै” बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा सुमन घिमिरेको शब्द र संगीत तथा स्वर लोक प्रिय गायक नरेन्द्र प्यासीको रहेको छ। गीतको संगीत संयोजन विनोद भुजेलले गरेका हुन्। फिल स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई कुमार के सी ले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
राज के.सी.को निर्देशन रहेको उक्त भिडियोमा कमल सिंह / नग्मा श्रेष्ठ र समिक्षा पोखरेलको अभियनय देख्न सकिन्छ । उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई रमेश थापाले सम्पादन / कलर गरेका हुन् । ”उनले जस्तै” म्यूजिक भिडियो बिशाल इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :