काठमाडौं । लोक प्रिय गायक रोशन राईको आवाज उमेश खनाल / दिक्क्षा पोखरेलको अभियनयमा ‘तिम्रो सरीर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा सावित्रा राईको शब्द रोशन राईको संगीत रहेको छ। उक्त गीतमा रोशन राईकै स्वर रहेको छ। गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन्। किङ्ग स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई राजु कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
अश्मित पोखरेलको निर्देशन रहेको उक्त भिडियोमा उमेश खनाल / दिक्क्षा पोखरेलको अभियनय देख्न सकिन्छ। दुर्गा श्रेष्ठले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन/कलर गरेका हुन् । बि.बि.सी. फिल्म्सको निर्माणमा बनेको ‘तिम्रो सरीर’ म्यूजिक भिडियो एन्जिला फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :