काठमाडौं । वैश्विक रुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावमा परेको चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तय गरेको छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्र आगामी वर्षको १८ भदौदेखि देशव्यापी प्रदर्शन आउने भएको हो । चलचित्रको प्रदर्शन मिति सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक तथा अभिनेत्री झरनाले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेकी हुन् ।
चलचित्रमा अभिनेता अनमोल के.सी. र झरनाकै छोरी अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ । त्यस्तै, चलचित्रमा अभिनेता सलोन बस्नेतको समेत अभिनय देख्न सकिन्छ । सुनिलकुमार थापाको प्रोडक्सन ब्यानरमा बन्न लागेको यस चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा रहेको छ ।
Share