Menu Close

टिना शेर्पालीको हिन्दी गीत ‘आसुओं की बरसात’ को म्युजिक भिडियो सार्वजनिक

Share

काठमाडौं । चर्चित गायिका तथा मोडल टिना शेर्पालीको समधुर स्वरमा सजिएको हिन्दी गीत ‘आसुओं की बरसात’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

थुप्रै म्यूजिक भिडियोमा स्वर दिएकी तथा अभिनय गरेकी शेर्पालीकोे यो म्युजिक भिडियो हंसिका म्यूजिक प्रोडक्शन युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।

उक्त म्युजिक भिडियोलाई शंकर रेगरले निर्देशन गरेका हुन भने राजेश केशरीले संगीत भरेका हुन् । आर्यन अंशुमानको एरेन्ज रहेको सो म्युजिक भिडियोमा परमिंदर कालराले सम्पादन गरेका छन् । भारतको मुम्बईमा रहेर गीत संगितलाई माया गर्ने शेर्पालीले हिन्दी गीतसंगीतसँगै नेपाली गीत संगीतलाई पनि माया गरेकी छन् । मोडल शेर्पाली पत्रकारितामा समेत संलग्न रहकी छन् । उनले नेपाली संगीतलाई प्रवद्दन गर्ने काममा पनि लागेकी छन् । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *