विजय राज फिल्म्सको निर्माण अश्मित पोखरेलको लेखन तथा निर्देशनमा बनिरहेको वेब सिरिज Dear ex को तेस्रो भाग अर्थात् Dear ex 3 को टिजर सार्बजनिक गरिएको छ।
बिगतका एपिसोड हरु सङग प्रत्यक्ष जोदिएको कथा लाई निरन्तरता दिइएको यो टिजरमा एक्सन लाइ विशेष प्राथमिकता दिइएको छ। अश्मित पोखरेल को लेखन निर्देशनमा बनेको यस सिरिजमा प्रदिप सुन्दास, सपना खड्का, दिवस नाथ, बिकास शर्मा, केशव पाण्डे अनि अलिसा घिमिरे को मुख्य भुमिका रहेको छ । प्रवेश राई को छायांकन विजय राज भुर्तेल को सम्पादन र रोमियो पाठक को श्रृङ्गार मा निर्माण भएको dear ex को आगामी 4 भाग को तिब्र तयारी भैरहेको को कुरा निर्माण पक्ष ले जानकारी दिएको छ। झट्ट हेर्दा फिल्मकै स्वाद आउने dear ex 3 को टिजर लाई लिएर ढिलो चाडो dear ex एउटा सिरिज मात्र नभएर ब्रान्ड बन्ने कुरामा निर्माण पक्ष ढुक्क रहेको छ। dear ex 3 छिट्टै दर्सक हरु माझ ल्याउन धमाधम सम्पादन र डबिङ भइरहेको कुरा निर्देशक अश्मित पोखरेल ले जानकारी दिएका छन । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
टिजर हेर्नुहोस :