Menu Close

पुष्प खड्का र सम्राज्ञी शाह अभिनित चलचित्र ‘मारुनी’ सार्वजनिक

Share

काठमाडौं । नवल नेपालको निर्देशन पुनम गौतमको निर्माणमा पुष्प खड्का /सम्राज्ञी शाहको मुख्य अभिनयमा चलचित्र ‘मारुनी’ सार्वजनिक भएको छ।

चलचित्र निर्माण पक्षले चलचित्र ‘मारुनी’ महान पर्व महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरेको छ ।

यस चलचित्रमा पुष्प खड्का / सम्राज्ञी आर.एल.शाह / रेबिका गुरुङ / सम्पदा बानिया / आयुष प्रधान / अर्जुन श्रेष्ठ / शंकर सेडाइ / बिनोद भट्टराई / सुशील छेत्रीको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमको प्रस्तुति रहेको चलचित्र ‘मारुनी’ को निर्माता पुनम गौतम हुन् भने सह-निर्माता राजा प्रधान / दर्शन के सी / मीना छेत्री हुन्।

नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीमा गोविन्दा फुयाल र नवल नेपालको लेखन रहेको छ। चलचित्र ‘मारुनी’ मा प्रविन सिंह /बिक्रम लामा / अन्जिला खत्रीको कोरियोग्राफर संजय लामाको छायाँँकन,मित्र डि.गुरुङको सम्पादन र कलर रेनिश फागोको रहेको छ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

चलचित्र हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *