Menu Close

कुमार गन्धर्ब र रिता बि.सी.को ‘लेखमा गुराश’ सार्वजनिक(भिडियोसहित)

Share

काठमाडौं । लोकप्रिय गायक कुमार गन्धर्ब र मिठो स्वरकी धनी रिता बि.सी.को आवाज अर्जुन गौतम/आयुष्मा कार्कीको अभियनयमा ‘लेखमा गुराश’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा कुमार गन्धर्बको शब्द / संगीत रहेको छ। भरत गुरुङले संगीत संयोजन गरेका हुन् । उक्त गीतमा लोकप्रिय गायक कुमार गन्धर्ब/ मिठो स्वरकी धनी रिता बि.सी.को स्वर रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा अर्जुन गौतम/आयुष्मा कार्कीको अभियनय देख्न सकिन्छ । दिपक गिरिले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन/कलर गरेका हुन् । डि.सी. फिल्म्सले निर्माण गरेको ‘लेखमा गुराश’ म्यूजिक भिडियो जय देवकोटा अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस म्यूजिक भिडियोको निर्माता महेन्द्र शेरचन / दानु राना रहेका छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *