काठमाडौं । लोक प्रिय गायक सुरेन चन्द र मिठो स्वरकी धनी विशाखा शाहीको आवाजमा ‘कस्तो सुहाको’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सि.यल. शर्माको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक सुरेन चन्द र मिठो स्वरकी धनी विशाखा शाहीको स्वर रहेको छ । साहस शाक्यले संगीत संयोजन गरेका हुन् । अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई चन्द्र चौधरीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
शान थापाको निर्देशन राजिव समरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा पल शाह / सुधिर श्रेष्ठ / प्रिज्म खतिओड़ा / प्रिन्सी खतिओड़ाको अभियनय देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन / कलर गरेका हुन् । ‘कस्तो सुहाको’ म्यूजिक भिडियोको निर्माता ज्योति शाह / जिनिता श्रेष्ठ रहेका छन्। ‘कस्तो सुहाको’ म्यूजिक भिडियो ईनाक्शी इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :