काठमाडौं । लोक प्रिय गायक तथा गजलकार जगदीश समलको आवाजमा अमित पल र रिया क्षेत्रीको अभियनयमा ‘मेहफिल’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ। शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ।
गीतमा दिपक बस्नेतको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक तथा गजलकार जगदीश समलको स्वर रहेको छ । गीतलाई बलराम समलले संगीत संयोजन गरेका हुन् र बिक्रम कार्कीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
प्रियजन राईको निर्देशन दिपक गुरुङको कोरीयोग्राफर रहेको उक्त भिडियोमा अमित पल र रिया क्षेत्रीको अभियनय देख्न सकिन्छ । मोहन कुमार ‘झिल्लु’ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन / कलर गरेका हुन् । ‘मेहफिल’ म्यूजिक भिडियो दिपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :