Menu Close

सुबाश कार्कीको शब्द/संगीत एलीना चौहानको आवाजमा ‘धोकेबाज’ सार्वजनिक

Share

काठमाडौं । मिठो स्वरकी धनी एलीना चौहानको आवाजमा र एलीना चौहान र बादल सिंह ठकुरीको अभियनयमा ‘धोकेबाज’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा सुबाश कार्की (कार्की जी)को शब्द / संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी एलीना चौहानको स्वर रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

बिक्रम चौहानको कथा / निर्देशन रहेको उक्त भिडियोमा एलीना चौहान र बादल सिंह ठकुरीको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन / कलर गरेका हुन् । ‘धोकेबाज’ म्यूजिक भिडियो NAMASTE PLUS अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *