काठमाडौं । सबैको लोक प्रिय कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले जिन्दगीको हरेक दु:खका कुरालाई देखाउन खोजेको छ।
गीतमा भरत महतारा छेत्रीको शब्द तोरेम्पा हंगको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय कलाकार मदन कृष्ण श्रेष्ठको स्वर रहेको छ । किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन / मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित (दरि बा) / किशोर भुजेल / पूजा भुजेल / भरत महतारा छेत्री र बाल कलाकारमा निजोह जंग महतारा / यस बि. रावतको अभियनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन / कलर गरेका हुन् । ‘जिन्दगी’ म्यूजिक भिडियो Goto Centre अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :