काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको आवाज उषा उप्रेती / समिर खानको अभियनयमा ‘प्रेमको चिनो’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा डी.आर.लामिछानेको शब्द यल मन शर्माको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । गीतलाई मिन बिस्टले मिक्क्ष मास्टरिङ्ग र मनोहर सोनाम ले संगीत संयोजन गरेका हुन्।
निशान यस.के.को कथा/निर्देशन रहेको उक्त भिडियोमा उषा उप्रेती / समिर खानको अभियनय देख्न सकिन्छ ।दीपक गिरिले छायांकन, नविन गिरिले ड्रोन अपरेटर गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन / कलर गरेका हुन् ।भेनुस फिल्म्सले निर्माण गरेको ‘प्रेमको चिनो’ म्यूजिक भिडियो Samir khan अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :