काठमाडौं । लोकप्रिय गायक रिदम पुन मगर र मिठो स्वरकी धनी मेलिना राईकोआवाजमा ‘मेरो देश’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले देशको माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा अयन रोका मगरको शब्द रिदम पुन मगरको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक रिदम पुन मगर र मिठो स्वरकी धनी मेलिना राईको स्वर रहेको छ । भोइस स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रदिप श्रेष्ठले मिक्क्ष मास्टरिङ्ग / संगीत संयोजन गरेका हुन्।
केशब राज भट्टको निर्देशन रहेको उक्त भिडियोमा आकाश पल / पीटर खालिंग / जिबन बयुंग राई / नमिता राई / शिखा राई / सुजु सुनुवारको अभियनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन / कलर गरेका हुन् । ‘मेरो देश’ म्यूजिक भिडियो OSR DIGITAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :