काठमाडौं । कोशिश छेत्रीको संगीत मिठो स्वरकी धनी विशाखा शाही ठकुरीको आवाज र विशाखा शाही ठकुरीको अभियनयमा फिमेल भर्सन ‘मायाले नै हो पियारा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा जोसेफ शाही ठकुरीको शब्द कोशिश छेत्रीको संगीत रहेको छ। उक्त गीतमा सबैको लोकप्रिय गायिका मिठो स्वरकी धनी विशाखा शाही ठकुरीको स्वर रहेको छ । ए वान म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्क्ष मास्टरिङ्ग र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
टेकेन्द्र शाहको निर्देशन रहेको उक्त भिडियोमा विशाखा शाही ठकुरी / पशुपति खनाल / अस्मिता सेन्चुरीको अभियनय देख्न सकिन्छ । राज पोख्रेलले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘मायाले नै हो पियारा’ म्यूजिक भिडियो Limelight Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :