धेरै समय देखि लण्डन मा बस्दै आहुनु भएका व्यापारी फत्ता थापा अहिले आएर नेपाली म्युजिक भिडियो सामिप्यतामा लगानी गर्नु भएको छ । गीत र टिम मन परेर लगानी गर्नु भए को फत्ता बताउनुभएको छ ।
उक्त म्युजिक भिडियो (सामिप्यता) मा लाेकप्रिय गायक सुवास पुरी र गायिका प्रबिसा अधिकारीकाे आवजमा सार्बजनिक भएको हाे । म्युजिक भिडियोमा कलाकार प्रथम छेत्री र नेहा गुरुङ अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोमा प्रथम छेत्री कै निर्देशन रहेकाे छ । सामिप्यतामा टिआर गजुडेल र दिपक आइडुकाे शब्द रहेको छ भने प्रिस्मा रेकर्डिङ स्टुडियोबाट गित रेकर्ड भएको हाे । म्युजिक भिडियोकाे सिनेमाटाेग्राफर उत्सव दाहाल र संगीत व्यवस्थापक कमल सिन्जाली मगर रहेका छन् ।
गितमा , तिमीसंगकाे सामिप्यतामा भुल्छु याे संसार मैले भन्दै माया व्यक्त गरिएको छ । उक्त गितकाे सुटिङ निकै मेहेनत गरेर गरिएको टिमले बताएको हाे ।
म्युजिक भिडियो हेर्नकाे लागि तल लिङ्कमा किल्क गर्नुहाेला ।