काठमाडौं । सबैको लोक प्रिय गायक कमल निशान भट्टराई र बहु-चर्चित / मिठो स्वरकी धनी गायिका अन्जु पन्तको आवाज राजेश हमाल/करिश्मा मानन्धर/पल शाह/पूजा शर्माको अभियनयमा ‘हल्का हल्का लजाएर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा चन्द्र प्रसाईको शब्द,सन्तोष श्रेष्ठको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक कमल निशान भट्टराई र बहु-चर्चित / मिठो स्वरकी धनी गायिका अन्जु पन्तको स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।
देवेन्द्र पाण्डेको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा राजेश हमाल/करिश्मा मानन्धर/पल शाह/पूजा शर्माको अभियनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन,कलर गरेका हुन् । ‘हल्का हल्का लजाएर’ म्यूजिक भिडियो निर्माता तेजी प्रसाई रहेका छन्। ‘हल्का हल्का लजाएर’ म्यूजिक भिडियो Eenakshi Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :