काठमाडौं ।
मिठो स्वरकी धनी गायिका अनुजा पुडासैनी र लोक प्रिय गायक जय देवकोटाको आवाज जय देवकोटा / सीता धमलाको अभियनयमा ‘बर्बर आशु’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा जय देवकोटाको शब्द,संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनुजा पुडासैनी र लोक प्रिय गायक जय देवकोटाको स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।
गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा / सीता धमलाको अभियनय देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । ‘बर्बर आशु’ म्यूजिक भिडियो Jaya Devkota अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :