काठमाडौं ।
मिठो स्वरकी धनी गायिका जुनु रिजाल र सबैको लोक प्रिय गायक राजन राज शिवाकोटीको आवाज सुनिल छेत्री र लोसिना लामिछानेको अभियनयमा ‘मै मत्ते जवानी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा राजेन्द्र थापाको शब्द,राजन राज शिवाकोटीको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका जुनु रिजाल र सबैको लोक प्रिय गायक तथा संगीतकार राजन राज शिवाकोटीको स्वर रहेको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
सुनिल छेत्रीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुनिल छेत्री र लोसिना लामिछानेको अभियनय देख्न सकिन्छ। दीपक गिरिले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । ‘मै मत्ते जवानी’ म्यूजिक भिडियो Smita Sneha Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :