काठमाडौं ।
सबैको लोक प्रिय गायक कर्ण वीरको आवाज कर्ण वीर र मनिषा कार्कीको अभियनयमा ‘निष्ठुरी नसम्झ’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा रीमा श्रेष्ठको शब्द,अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायककर्ण वीरको स्वर रहेको छ। गीतलाई किशोर थापाले मिक्सिङ / मास्टरिङ र रह्य्थम कंडेलले संगीत संयोजन गरेका हुन्।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा कर्ण वीर र मनिषा कार्कीको अभियनय देख्न सकिन्छ। एलेन मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । यस म्यूजिक भिडियोको निर्माता कुशल गुरुङ रहेका छन। ‘निष्ठुरी नसम्झ’ म्यूजिक भिडियो Nauloo Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :