Menu Close

ओम छिनालको शब्द,मौसम गुरुङ र सुनिता बूढा छेत्रीको आवाजमा ‘माछी लेवैमा’ ले बजारमा चर्चा बटुल्दै (भिडियो सहित)

Share

काठमाडौं ।
लोक प्रिय गायक मौसम गुरुङ र मिठो स्वरकी धनी गायिका सुनिता बूढा छेत्रीको आवाज सचिन परियार / संचिता शाही लगायत अन्य कलकारहरुको अभियनयमा ‘माछी लेवैमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा ओम छिनालको शब्द,मौसम गुरुङको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक मौसम गुरुङ र मिठो स्वरकी धनी गायिका सुनिता बूढा छेत्रीको स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

प्रकाश भट्टको निर्देशन रहेको उक्त भिडियोमा सचिन परियार/संचिता शाही/सुस्मिता आले मगर/सज्जन बोहोरा / बिमल परियार / हरि सुन्दास /कालिका रोका मगर / कृष्ण बाबु / सुनिल गुरुङ / कृति तिवारी / टेक गुरुङ ,बिमल गुरुङ / यश्वी देवकोटा / कमल गुरुङ ,सुनिता ढकाल / श्याम राना / रबिन गुरुङ / सोनु तामांगको अभियनय देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,कलर गरेका हुन् । ‘माछी लेवैमा’ म्यूजिक भिडियो Mousam Gurung अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *