Menu Close

शिव हमालको ‘पछेऊरी मलमल’मा अश्मिता रनपाल र लोमश शर्माको अभिनय (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका कोपिला ढकाल र सबैको लोक प्रिय गायक कुलेन्द्र बि.क.को आवाज लोमश शर्मा र अश्मिता रनपालको अभिनयमा ‘पछेऊरी मलमल’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शिव हमालको शब्द,संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका कोपिला ढकाल र सबैको लोक प्रिय गायक कुलेन्द्र बि.क.को स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई यम थापाले संगीत संयोजन गरेका हुन्।

होम गुरुङको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा लोमश शर्मा र अश्मिता रनपालको अभिनय देख्न सकिन्छ। गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई सुबाश अमगाईले सम्पादन, टिका प्रसाद अमगाईले कलर गरेका हुन् । यस म्यूजिक भिडियोको निर्माता सीता शर्मा रहेकी छिन। ‘पछेऊरी मलमल’ म्यूजिक भिडियो Shiva Hamal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *