Menu Close

गायक तथा संगीतकार जनम थुलुङको निधन ।

गायक तथा संगीतकार जनम थुलुङको २०७८/0२/१५ गते निधन भएको छ। कोरोना पश्चात सर्वाङ्ग हस्पिटलमा जनमको निधन भएको हो।

संजोकले भेट हुँदा आसु खस्यो हर्षले जस्ता दर्जनौ गीत लेखेका ज अम ३४ वर्षका थिए। उनी खोटाङको ऎसेलुखर्क ५ महेश्वरीमा जन्मेका हुन् परिवारको कान्छो छोरा जनमको १ छोरा र श्रीमती छन् साधनाको माध्यमबाट नेपाली सुगम संगीतमा संघर्षरत जनमले मातृभाषाको जगेर्नाको लागि (मामपाप) एल्बम बजारमा ल्याएका थिए। उक्त एल्बममा समावेश बकीबकी स्योको अफिसियल भिडियो हिमाल एफ.एमको स्टुडियो बाट सार्वजनिक गरिएको थियो।

No description available.

निर्देशक ममता थुलुङको अनुसार गायक जनमले ड्रीम प्रोजेक्टको रुपमा खुवालुङ बोलको गीत भिडियो निर्माणको तयारीमा थिए। अडियो युटुबमा सुन्न सकिन्छ। उनले भनिन् संगीत क्षेत्रमा थुप्रै सपना साँच्नु भएको थियो तर कलिलो उमेर मै दैवले लग्यो पत्याउ कसरी? नप्त्याउ कसरी? भद्र र मिलनसार स्वभावका जनमले गाएका खुवालुङ बोलको गित एक हप्ता अघि अडियो सार्वजनिक गरेका थिए। उनले २ हप्ता अघि मात्र संजोकले भेट हुँदा आँसु खस्यो हर्षले लिप्सिङ भिडियो सार्वजनिक गरेका थिए। ६ महिना अघि मात्र गाउँ खोटाङ महेश्वरी पुगेर मातृभाषाको केही भिडियोको छायांकन गरेका थिए। माध्यमिक तहको शिक्षा गाउँ मा नै लिएका जनम एक दशक देखि गीत संगीतमा सक्रिय थिए।

No description available.

उनी भन्थे म साधनाबाट स्थापित हुन चाहान्छु भाइरल कन्टेन्टको साथ लिन कहिले चाहिन उनका सिर्जनाहरु जनम थुलुङ युटुब च्यानलमा सुन्न र हेर्न सकिन्छ। हार्दिक श्रद्धाञ्जली जनम परिवारजनमा गहिरो समवेदना।

Leave a Reply

Your email address will not be published.