Menu Close

नारी पीडा व्यक्त भएको ” दोष म कस्लाई दिउ ” अत्यन्तै मार्मिक गीत ।

Share

आधा आकाश र आधा धर्ती ओघटेर बसेका नारी दर्शन हुन , दर्पण हुन् , युग हुन् , आमा हुन् , दिदी हुन् , बुहारी हुन् , माया र ममताका खानि हुन् । यहाँ हरकाेही मानिसको मित्र अनि शत्रु हुन्छन् , दुख:सुख हुन्छन् । त्यस्तै नारीहरुकाे एउटा महत्त्वपूर्ण खुसी सिन्दुर हाे र शत्रु नारीनै हुन् । भनिन्छ नारीको शत्रु नारीनै हुन्छन् । त्यस्तै ” दोष म कस्लाई दिउ ” गीतमा नारीहरुकाे पिडा शब्द मार्फत व्यक्त गरिएका छन् ।

No description available.

उक्त गीतमा समाजिक अभियानता तथा समाजसेवी सुधा मरठाकाे शब्दले नारीहरुकाे जिबनकाे भाब बाेलेकाे छ । नेपालकाे संगीत क्षेत्रमा अत्यन्तै चर्चित , नेपालीहरुकाे मन जित्न सफल गायिका रचना रिमालकाे आवाजले सजिएकाे दोष म कस्लाई दिउ गीत अत्यन्तै मार्मिक रहेको छ भने तोरेम्पा ह्याङ्गकाे संगीत रहेको छ । सती प्रथा हटेर गयो तर नेपालमा नारीले नारीलाई गर्ने दमन हटेको छैन , यहाँ नारीले नारीको सिन्दुर खाेसेका छन् । पीडा कसलाई सुनाउने भनेर शब्द मार्फत व्यक्त गरिएका छन् ।

भिडियो हेर्नकाे लागि तल लिङ्कमा किल्क गर्नुहाेला ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *