पछिल्लो समयमा गीत गाएर भाइरल बनेकी ११ वर्षीया पश्चिम रुकुमकी बाल गायिका नबिना केसीको पहिलो सांगीतिक कोसेली “खुसी गुमेको”पहिलो रेकर्डेट गीत सार्वजनिक भएको छ ।

गायिका नबिनाकै जीवनमा आधारित रहेर बनाईएको खुसी गुमेको बोलको गीतको अत्यन्तै मार्मिक रहेको बनेको छ । उक्त गीतमा ३ वर्षकै उमेरमा आफ्नो बुवा गुमाएकी केसीको वास्तविक जीवन कथामा आधारित रहेको छ । बाल गायिका नबिना केसी ३ बर्षकी हुँदा अज्ञात समुहद्धारा उनको बुवाको हत्या भएको थियो । उनको बुवाको हत्याराहरु अझै पत्ता लगाउन नसकेको अवस्था छ । अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी सफल भएकी छिन् ।
यस गीतलाई लेकबेशी खबरको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गितमा नबिना केसी सँगै गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । गितको शब्द पनि दिपेन्द्र पौडेलले लेखेका हुन् भने संगीत चक्र अविरलले गरेका हुन् । यस गितको एरेन्ज यम थापा मगरले गरेका हुन् । सो गीतको भिडियोलाई गायक तथा सञ्चारकर्मी प्रियजन राईले निर्देशन गरेका हुन् । र बिक्रम कार्कीले छायांकन गरेको यस गीतलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।
चिरपरिचित थुप्रै कलाकारहरुलाई अभिनय गराईएको भिडियोमा उक्त गीतको भिडियोमा टिका बहादुर श्रेष्ठ, हरी ढकाल, सञ्चिता गुरुङ, प्रकाश बराईली “अभिब्यक्ति”, सृजना लम्साल, राजु रिजाल, मिठ्ठु थापा, प्रमोद भट्ट, दिपक गुरुङ, रबिन दोङ, गोर बहादुर कार्की, सुजन ठकुरी, कमल खनाल, बासुदेब भट्ट, रेखा खनाल, पुजा खत्री, अर्जुन जंग थापा, मञ्जु केसी, मैया थापा, मनिता श्रेष्ठ, चन्द्र प्रकाश श्रेष्ठ, धन माया श्रेष्ठ, निशा कार्की, स्मृती कार्कीको अभिनय रहेको छ भने बाल कलाकारहरुको रुपमा अभिशा भट्ट र मीनदप श्रेष्ठ रहेका छन् । नविनाको आवाजमा एक किसीमको जाँदु रहेको दर्शक स्रोतले बताएका छन् ।