Menu Close

सरु गौतम र प्रताप दासको ‘मायालुलाई भेटेछी’ ट्रेन्डिङमा (भिडियोसहित)

Share

काठमाडौं । दिपक शर्माको संगीतमा मिठो स्वरकी धनी गायिका सरु गौतम र सबैको लोक प्रिय गायक प्रताप दासको आवाजमा ‘मायालुलाई भेटेछी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा कुमार कटुवालको शब्द,दिपक शर्माको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका सरु गौतम र सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र नरेन्द्र बेयोगीले संगीत संयोजन गरेका हुन्।

सरोज अधिकारीको कथा/निर्देशन आश्मा बिश्वोकर्मा/पेम्बा मगरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा आश्मा बिश्वोकर्मा/सरोज अधिकारी/जुक्ति बिक्रम शाही /ओविय भण्डारी/पेम्बा मगर/संदेश थापा/बिजय अधिकारीको अभिनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई सरोज अधिकारीले सम्पादन,श्याम कुवरले कलर गरेका हुन् । ‘मायालुलाई भेटेछी’ म्यूजिक भिडियो The Cartoonz Crew अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *