काठमाडौं । लोक प्रिय गायक कृष्णहरि चौलागाईंको आवाजमा ‘बिन्दास बन्दे यार’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा कृष्णहरि चौलागाईंको शब्द मनोज मालेको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक कृष्णहरि चौलागाईंको स्वर रहेको छ भने र्याप र संगीत संयोजन मनोज मालेको रहेको छ। किङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ गरेका हुन्।
समिर ठोकरको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा अन्जु सुनार /हेमा श्रेष्ठ / राज क्षितिज / विजय तामांगको अभियनय देख्न सकिन्छ । मनिष सिंह र दीपू बुढाथोकीले छायांकन गरेको भिडियोलाई रेश्मा श्रेष्ठले सम्पादन / संजय श्रेष्ठले कलर गरेका हुन् । ‘बिन्दास बन्दे यार’ म्यूजिक भिडियो LOCAL CREATION
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :