काठमाडौं । सबैको लोक प्रिय नव गायक प्रकाश बिश्वोकर्माको आवाजमा ‘कसम खाएर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा प्रकाश बिश्वोकर्माको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रकाश बिश्वोकर्माको स्वर रहेको छ। पि वान डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन परियारले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
प्रकाश बिश्वोकर्माको निर्देशन रहेको उक्त भिडियोमा प्रकाश बिश्वोकर्मा भुपेश बुढा मगर रामु एस.के. को अभिनय देख्न सकिन्छ। अनुपम जीले छायांकन गरेको भिडियोलाई प्रकाश बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । ‘कसम खाएर’ म्यूजिक भिडियो Prakash Bishwokarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=Ei7oFxIQRDc&t=199s