Menu Close

‘मायाले संसार चल्दैन पैसा नभए’मा पुष्प खड्का / प्रथम छेत्री र गरिमा शर्माको दमदार अभिनय (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक बाबुल गिरिकोको आवाज पुष्प खड्का / प्रथम छेत्री र गरिमा शर्माको अभिनयमा ‘मायाले संसार चल्दैन पैसा नभए’ बोलको गीत सार्वजनिक भएको छ।

गीत जुन माया र पैसालाई आधार बनाएर लेखिएको छ। गीतले जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्त्व छ भन्ने देखाउन खोजिएको छ।

गीतमा टि आर गौडेलको शब्द,बाबुल गिरिको संगीत / संगीत संयोजन रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक बाबुल गिरिको स्वर रहेको छ। म्यूजिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

माइकल चन्दको निर्देशन माइलक स्टेप र आर्ट एकेडेमीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा पुष्प खड्का / प्रथम छेत्री र गरिमा शर्माको अभिनयको अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सिलन लमसालले सम्पादन / कलर गरेका हुन् । ‘मायाले संसार चल्दैन पैसा नभए’ म्यूजिक भिडियो Digital Nest अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *