काठमाडौं । मिठो स्वरकी धनी गायिका रचना रिमालको आवाज अनिता बस्नेत / एलेन मगर / नियुक्ति शेर्पाको अभिनयमा ‘पागल बन्दै छु’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा प्रेमीलाई सम्झेर पागल न बनाउन बरु घाटी रेटेर जाउ भनेर आफ्नो पिडा पोखिएको छ । प्रेमीले दिएको झुटा कसमहरु सम्झदै रोएकी छिन । गीतमा केटाले आफ्नी प्रेमिकालाई धोका दिएका छन् र अर्को संग सम्बन्धमा रहेको कुरालाई देखाउन खोजिएको छ । गीतमा प्रेमिकाे यादमा पागल बन्दै छु भनेर देखाउन खाेजिएकाे छ । गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका रचना रिमालकाे समुधुर आवाजमा पागल बन्दै छु गीत सार्वजनिक भएको छ ।
रचना रिमाल छाेटाे समयमै अपार सफलता पाएकी र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायिका हुन् । त्यस्तै एलेन मगरले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् ।
गीतमा रोशन सुबेदीको शब्द,एलेन मगर संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमालको स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशनको रहेको उक्त भिडियोमा अनिता बस्नेत / एलेन मगर / नियुक्ति शेर्पाको अभिनय देख्न सकिन्छ। एम.के.बाबु मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,एलेन मगरले कलर गरेका हुन् भने प्रोडक्सन म्यानेजर खेम सारु मगरले गरेका हुन्। ‘पागल बन्दै छु’ म्यूजिक भिडियो Rachana Rimal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :