काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तीज गीत ‘माईतीको आगन’ गित सार्वजनिक भएको छ ।
गीतमा एच.बि.सुनारको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका मंजु उपासना बि.क./ सकुना श्रेष्ठ (मलेकु) र एच बि सुनारको स्वर रहेको छ। अकेस्टिक नेपाल एच.डि.स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ / मास्टरिङ र सहस शाक्यले संगीत संयोजन गरेका हुन्।
उत्तम श्रेष्ठको निर्देशन,सुबोल थापाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा शिल्पा पोखरेल / अन्जु सुनार / मंजु उपासना बि.क./ एच.बि. सुनारको अभिनय र अथिति कलाकारमा रमा थपलिया र देशभक्त खनाललाई देख्न सकिन्छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । तीज गीत ‘माईतीको आगन’ म्यूजिक भिडियो Sakuna Shrestha अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :