काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तीज गीत ‘ऐया बाबै कोरोना सर्लानी’ गित सार्वजनिक भएको छ ।
गीतमा रमेश बोहोराको शब्द,मिन प्रकाश ओलीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रीति आले र मिन प्रकाश ओलीको स्वर रहेको छ। मालाश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।
स्मृति तिमल्सिनाको निर्देशन,कोरीयोग्राफर रहेको उक्त भिडियोमा लोमश शर्मा /रुबिना अधिकारी / भुपेन्द्र डाँगी / रेखा प्रजा / सोनिया राई/कुल बहादुर ओलीको अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन,कलर गरेका हुन् । तीज गीत ‘ऐया बाबै कोरोना सर्लानी’ म्यूजिक भिडियो Sarthak Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :