काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तीज गीत ‘नाच्ने हो बेसरी’ गित सार्वजनिक भएको छ ।
गीतमा टेकेन्द्र रोकाय,मनु घिमिरेको शब्द,टेकेन्द्र रोकायको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका तृप्ती खड्का र टेकेन्द्र रोकायको स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।
टिकाराम विश्वकर्माको निर्देशन,कोरीयोग्राफर रहेको उक्त भिडियोमा डीमोन क्षेत्री र अर्नबि ढुगांनाको अभिनय देख्न सकिन्छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन,कलर गरेका हुन् । तीज गीत ‘नाच्ने हो बेसरी’ म्यूजिक भिडियो Tekendra Rokaya अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :