Menu Close

प्रमोद खरेलको स्वरमा ‘मेरो मनको’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रमोद खरेलको आवाज बिना राउत र निशान बि सी को अभिनयमा ‘मेरो मनको’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा तारा बहादुर डाँगीको शब्द,सरन कुमार माझीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ। किङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा बिना राउत र निशान बि.सी.को अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बि.बि.सी. फिल्मस् को निर्माणमा बनेको ‘मेरो मनको’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *