काठमाडौं । मिठो स्वरकी धनी गायिका गायिका बिन्दु परियार र लोक प्रिय गायक सालील सुन्दर तुलाधरको आवाज एलेन मगर / बिना राउत / मेलिना गुरुङको अभिनयमा ‘ल्याङ ल्याङ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा दिनेश थपलिया / सालील सुन्दर तुलाधरको शब्द,दीपक शर्माको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका बिन्दु परियार र लोक प्रिय गायक सालील सुन्दर तुलाधरको स्वर रहेको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्याम स्वेत रसईलीले मिक्सिङ / मास्टरिङ र नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन सन्तोष गुरुङको कोरीयोग्राफर रहेको उक्त भिडियोमा एलेन मगर / बिना राउत / मेलिना गुरुङको अभिनय देख्न सकिन्छ।उत्सब दाहालले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । ‘ल्याङ ल्याङ’ म्यूजिक भिडियो CK Motion Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :