Menu Close

गौतम सागर राईको शब्द,संगीत सुदिता राईकोको आवाजमा ‘दसै आयो तिहार आयो’ गीत सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आएका सर्जक गौतम सागर राई साहित्य ,संगीत , पत्रकारितामा प्रदेश बाटै सकृय छन । लगभग ३ दर्जन गीतमा संगीत,स्वर,साथै केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत ‘दशै आयो तिहार आयो’ सार्वजनिक गरेका छन ।

संगीतकार राईले दुई महिनाको अन्तरालमा चार ओटा गीतमा संगीत भरिसकेका छन प्रवासको ब्यास्त जिबनलाई ब्यवस्थापन गर्दै नेपाली गीत संगीतमा लागीपरेका छन ।बिशेष गरेर परदेशिको भोगाईलाई आफ्नो पन दिन सक्ने खुबी भएकाले होला राईको खोजी हुन थालेकोछ परदेशी गीतकारहरुको नजरमा ।

गीतमा गौतम सागर राईको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुदिता राईको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई मनोज साङसोन राईले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

गौतम सागर राईको प्रस्तुती,जस्केलो कृएशनले निर्माण गरेको ‘दसै आयो तिहार आयो’ भिडियो Gautam Sagar Rai अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *