Menu Close

‘केवल तिमी भित्रै’ मा कुन्साङ बोम्जन र सिम्रन पन्तको रोमान्स

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका कल्पना राई र लोक प्रिय गायक देब्स राईको आवाज कुन्साङ बोम्जन र सिम्रन पन्तको अभिनयमा ‘केवल तिमी भित्रै’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोलाई खुलेखानीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरियको हो।

गीतमा पदम साधना कुलुङको शब्द,चन्द्र श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी नव गायिका कल्पना राई र लोक प्रिय गायक देब्स राईको स्वर रहेको छ। अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ / मास्टरिङ र दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।

चक्र पुलामीको निर्देशन,मनी के.राईको कोरीयोग्राफर रहेको उक्त भिडियोमा कुन्साङ बोम्जन र सिम्रन पन्तको अभिनय देख्न सकिन्छ। बिनोद बिनिजरा राईले छायांकन गरेको भिडियोलाई बिनोद बिनिजरा राईले नै सम्पादन,कलर गरेका हुन् । ‘केवल तिमी भित्रै’ म्यूजिक भिडियो SSOG OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *