काठमाडौं । लोक प्रिय गायक प्रियजन राई र रिना राईको आवाज सुशान्त आर टी र आर्य गुरुङ (स्नेह )को अभिनयमा ‘पिरतीकाे घर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा लवल्ली तुलशीको शब्द,प्रियजन राईको संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक प्रियजन राई र रिना राईको स्वर रहेको छ।
याक्सन नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई डि.जे.गोविन्द सोनीले मिक्सिङ / मास्टरिङ र क्षितिज कुलुंगले संगीत संयोजन गरेका हुन्।
प्रियजन राईको निर्देशन रहेको उक्त भिडियोमा सुशान्त आर.टी. र आर्य गुरुङ (स्नेह ) लगायत कलाकरहरुको अभिनय देख्न सकिन्छ। नरोत्तम पाण्डे र पदम बोहराले छायांकन गरेको भिडियोलाई नरोत्तम पाण्डे/श्याम कार्कीले सम्पादन,कलर गरेका हुन् । ‘पिरतीकाे घर’ म्यूजिक भिडियो PURBELI JUNTARA MUSIC PVT. LTD. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :