काठमाडौं । मिठो स्वरकी धनी गायिका राधा राई र लोक प्रिय गायक कृष्णभक्त राईको आवाज मनोज राई / युविना राईको अभिनयमा ‘सुन न सुन ए साईमा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा भाई किरातीको शब्द,आशकुमार राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका राधा राई र लोक प्रिय गायक कृष्णभक्त राईको स्वर रहेको छ। किङ् स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ / मास्टरिङ र लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ भने मनोज साम्सोन राई /सुरेश राईले रेकर्ड गरेका हुन्।
ओजस फिल्मस् स्टुडियोको निर्माण रहेको उक्त भिडियोमा मनोज राई / युविना राईको अभिनय देख्न सकिन्छ। भिडियोलाई नराेत्तम पाण्डे / श्याम कार्की सम्पादन,कलर गरेका हुन् । ‘सुन न सुन ए साईमा’ म्यूजिक भिडियो Nepal Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :