Menu Close

निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा ‘मकैको घुंगा’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक निशान भट्टराई र मिठो स्वरकी धनी गायिका कविता श्रेष्ठको आवाज चर्चित नायक पल शाह र गरिमा शर्माको अभिनयमा ‘मकैको घुंगा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बिकाश बिस्टको शब्द,यमु शर्मा सुब्बाको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक निशान भट्टराई र मिठो स्वरकी धनी गायिका कविता श्रेष्ठको स्वर रहेको छ। गीतलाई सुमन राईले संगीत संयोजन गरेका हुन्।

निकेश खड्काको निर्देशन/सुबोल थापाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा चर्चित नायक पल शाह र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई रुपेश खड्काले सम्पादन,कलर गरेका हुन् । ‘मकैको घुंगा’ म्यूजिक भिडियो Moktan Digital OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *