Menu Close

सुरक्षा सेन्चुरी र रोशन सुबेदीको ‘बालै फरर’ गित चर्चामा (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक रोशन सुबेदी र मिठो स्वरकी धनी गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बालै फरर’ बोलको गीत सार्वजनिक भएको छ ।

द भोईस अफ नेपाल बाट आफ्नो संगीत यात्रा सुरु गरेकी अहिले चर्चित गाईका सुरक्षा सेन्चुरिले परदेशीको याद,म बिना बाच्दिन भन्नेत,भुलेर नि माया न लगाउनु ,बसौ खाटैमा जस्ता अत्यन्तै चर्चित गीतहरू गाउन सफल भइसकेकी छिन् । त्यस्तै अरु पनि थुप्रै गीतहरुमा आफ्नो समधुर आवाज दिसकेकी छिन । उनि छोटो समयमा दर्सक तथा स्रोताको मनमा बस्न सफल भएकी छिन । हाल सार्बजनिक भएको ‘बालै फरर’ गीतमा पनि उनको आवाज रहेको छ भने गीत निकै चर्चामा आएको छ । त्यस्तै गीतलाई रोसन सुबेदीले गीतमा आवाज दिएर साथ दिएका छन्।
त्यस्तै रोसन सुबेदीले दार्जिलिंग को सेरोफेरो / मन मिले पछी /झुम्के बुलाकी / उकाली र ओराली जस्ता अरु पनि थुप्रै गीतहरुमा आवाज दिएर दर्शकको मन मुटुमा बस्न सफल भएका छन् ।

त्यति मात्र नभएर उनकै शब्द रहेको छ भने बिकाश चौदारीको संगीत रहेको छ। मीरा साउड स्टुडियोमा रेकर्ड गरेको गीतलाई संगीत संयोजन संजय हमालले गरेका छन् भने मिक्सिङ / मास्टरिङ गोबिन्द सोनीले गरेका हुन् ।

गीतमा आफुले मनपराएको मान्छे लाई जाउन माया रेलैमा सरर,भगाएर लान्छु तिमीलाई अरु त बालै फरर भन्दै फकाएको छ भने केटीले भागेर नजाने कुरा प्रष्ट पारेकी छिन । गीतको म्युजिक भिडियो पनी राम्रो र मेहेनतका साथ बनेको टिमले बताएको छ ।

फराज अर्पणको निर्देशन/ छायांकन /सम्पादन,अभि लामाको कोरियोग्राफर रहेको उक्त भिडियोमा अभि लामा र अनिता गोलेको अभिनय देख्न सकिन्छ। ‘बालै फरर’ म्यूजिक भिडियो Aanbhi Productions अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *