Menu Close

अत्यन्तै लोकप्रिय तथा चर्चित गायक राजेश पाईल राई र गायिका जुनि खाञ्लिङ्काे आवाजमा ‘ए साईला’ गीत सार्वजनिक

Share

काठमाडौं । गीतमा साईला र साईलीकाे माया पिरतीकाे बारेमा बयान गरिएको छ । साईला र साईलीले आकाशको जुनतारा हेरी माया लगाउने कुरा व्यक्त गरेका छन् । उक्त गीतमा साईलाले साईलीलाई नाकमा तीन ढिक्का फुलिले सजाउने भएका छन् भने साईले पनि साईलाले दिएको मिठो माया भुल्न नसक्ने कुरालाई शब्द मार्फत उठान गरिएको छ । गीतलाई माया पिरतीका कुराले निकै मिठाे गरि प्रस्तुत गरिएको छ ।

गीतको शब्दकार सञ्जिप काेय राईको रहेको छ भने संगीत अनिल काेय राईको रहेको छ । गीतकाे संगीत संयोजन बिष्णु अधिकारीकाे रहेको छ ,त्यस्तै संपादन अमृत चापागाईंले गरेका छन् । मिक्सिङ / मास्टरिङ बिपल अधिकारीले गरेका छन् भने ओपल रेकर्डिङ स्टुडियोबाट गीत रेकर्ड भएको छ । ए साईला म्युजिक भिडियोकाे सिनेमाटाेग्राफर दिनेश पराजुली रहेका छन् । ‘ए साईला’ गीत Sanjib Koyee
काे अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *