Menu Close

प्रियजन राई र सुनिता थेगिमको स्वरमा ‘पुर्बैबाट घाम झुल्कियो’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक प्रियजन राई र मिठो स्वरकी धनी गायिका सुनिता थेगिमको आवाज रबिन दोङ्ग / जेनी राईको अभिनयमा ‘पुर्बैबाट घाम झुल्कियो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा मुगा धन तामाङ बलको शब्द,पुस्पा राईको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक प्रियजन राई र मिठो स्वरकी धनी गायिका सुनिता थेगिमको स्वर रहेको छ। एक्सन डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

प्रियजन राईको निर्देशन रहेको उक्त भिडियोमा रबिन दोङ्ग / जेनी राईको अभिनय देख्न सकिन्छ। मोहन कुमार ‘झिल्लु’ ले र तेन्जिन पाल्देनले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । पुर्बेली जुनतारा म्यूजिक प्रा.लि.को प्रस्तुति रहेको ‘पुर्बैबाट घाम झुल्कियो’ म्यूजिक भिडियो purbeli juntara music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *