काठमाडौं । तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धी विविध गीतहरु बजारमा आएका छन् । पछिल्लो समयमा मौलिक गीतहरू भन्दा पनि छाडा गीतहरू आइरहँदा एक फरक खालको राम्रो मौलिक लोक पप गित “रातो चोली” बजारमा सार्वजनिक भएको छ ।
यो गीत सार्वजिक भए सँगै यतिबेला दर्शक श्रोताहरुको माया पाउन थालेको छ । पछिल्लो समय धेरै गितहरुमा शब्द कोर्दै आई रहेका चर्चित सर्जक “दिपेन्द्र खड्का” कै शब्द,संगीत र स्वरमा बनेको यस गीतमा एरेन्ज “मनोज सानसोङ्ग राई” र मिक्स/मास्टरिङ भने “राजु कार्की” को रहेको छ ।
भिडियोमा अभिनय पछिल्लो समयका व्यस्त एवम् अनुभवी चर्चित मोडेल “भीम खड्का” र नव मोडेल “स्मारिका लामा” को रहेको छ । यो “स्मारिका लामा” को पहिलो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई राम के.सी.र सुशील डाँगीले छायांकन गरेका छन् । राजेश कुमारको सम्पादन र कलर रहेको उक्त भिडियोमा सबैले मन पराएका अहिलेका चर्चित अनि व्यस्त निर्देशक “देबेन्द्र कुवर”को निर्देशन रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई Hamal Music अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ । भिडियो को प्रस्तुति नयाँ शैलीमा भएको हुनाले यस म्युजिक भिडियोले दर्शकहरुको मन जित्न सक्ने निर्माण पक्ष ले विश्वास गरेको छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :