Menu Close

सुजाता र अलिफ खानको ‘कुरा सिधा छ‘मा पल शाह र केकी अधिकारीको रोमान्स (भिडियोसहित)

काठमाडौं । लोक प्रिय गायक अलिफ खान र मिठो स्वरकी धनी गायिका सुजाता के.सी.को आवाज चर्चित अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनयमा ‘कुरा सिधा छ‘ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका सुजाता के.सी.ले यस अघि ‘बाजा बजाउँदै’ / ‘ओई कान्छी’ / ‘चिनी अमिलो’ / ‘राती राती फोन गर्नी’ जस्ता गीतहरु गायर दर्शकको मन मुटुमा बस्न सफल भयकी छिन।

गीतमा रमेश परियारको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक अलिफ खान र मिठो स्वरकी धनी गायिका सुजाता के.सी.को स्वर रहेको छ। वान.डि.बि.एच.डि. डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई एच.बि.एन.किस्मतले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।

काजिश श्रेष्ठको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । यस अडियो/भिडियोका निर्माता सुशील शर्मा रहेका छन्। ‘कुरा सिधा छ‘ म्यूजिक भिडियो Sujata KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.