Menu Close

बिजय / एलेन र मेलिना गुरुङको अभिनयमा मेल भर्सन ‘पागल बन्दै छु’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रताप दासको आवाज बिजय पुन/ एलेन मगर/ मेलिना गुरुङको अभिनयमा मेल भर्सन ‘पागल बन्दै छु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा प्रेमीलाई सम्झेर पागल नबनाउन बरु घाटी रेटेर जाउ भनेर आफ्नो पिडा पोखिएको छ । प्रेमीले दिएको झुटा कसमहरु सम्झदै रोएका छन् । गीतमा प्रेमिकाे यादमा पागल बन्दै छु भनेर देखाउन खाेजिएकाे छ । गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायका प्रताप दासकाे समुधुर आवाजमा ‘पागल बन्दै छु’ गीत सार्वजनिक भएको छ ।
प्रताप दासले छाेटाे समयमै अपार सफलता पाएका र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायक हुन् । त्यस्तै एलेन मगर र रोशन सुबेधीले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् ।

गीतमा रोशन सुबेदीको शब्द,एलेन मगर संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

लक्षु गौतमको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिजय पुन/ एलेन मगर/ मेलिना गुरुङको अभिनय देख्न सकिन्छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई पदम सुबेधिले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । ‘पागल बन्दै छु’ मेल भर्सन म्यूजिक भिडियो
CK Motion Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *