Menu Close

राज के.सी.को निर्देशन ‘मरी भन्दिनु’ मा बिक्रम बुढाथोकी र अमृता भट्ट (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका अनु अधिकारीको आवाज बिक्रम बुढाथोकी/अमृता भट्टको अभिनयमा ‘मरी भन्दिनु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा रोशन सिंहको शब्द,संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु अधिकारीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार राना मिक्सिङ / मास्टरिङ गरेका हुन्।

राज के.सी.को कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी/अमृता भट्टको अभिनय देख्न सकिन्छ। जीवन पराजुलीले छायांकन गरेको भिडियोलाई तारा थापाले सम्पादन,श्याम कुँवरले कलर गरेका हुन् । यस अडियो/भिडियोका निर्माता सुबाश दवाडी रहेका छन्।
‘मरी भन्दिनु’ म्यूजिक भिडियो A Plus अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *