काठमाडौं,नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’,गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ,रविन्द्र झा,रजनी गुरुङ,अनुप याक्सो,रमा लिम्बु ,लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ.एस.आर.द्धारा बजारमा ल्याईएको गीतमा राजेश पायल राई,लोक पौडेल,अन्जु पन्त र सु्म्निमा इङनामको स्वर रहेको छ ।
एस.एस.इन्टरनेशनल फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रहेको छ । गीतमा निता ढुङगाना,गौरव पहाडी,विल्सन विक्रम राई ‘तोक्मे बुढा’ लगायतको अभिनय रहेको छ ।
फिल्ममा राजु किरातीको द्वन्द्व,सुजन बडाल सम्पादन,विक्रम डि.सी.को छायाँकन,रामजी लामिछाने र राजिव समरको नृत्य निर्देशन रहेको छ । फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई फागुन २७ गते प्रर्दशन गरिने भएको छ ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :