Menu Close

एलेन मगरको संगीत,लोक प्रिय गायक प्रमोद खरेलको आवाजमा ‘सलाम छ मायालाई’ सार्वजनिक

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रमोद खरेलको आवाज,गायक तथा मोडेल एलेन मगर / सलु छेम्जोङ्ग लिम्बुको अभिनयमा ‘सलाम छ मायालाई’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा प्रेमीलाई सम्झेर माया किन गरे मैले फलाम जस्तो मुटु हुनेलाई मलाई छोडी खुसि हुदै गएउ धन्ने छ तिमीलाई सलाम छ मायालाई
भनेर आफ्नो पिडा पोखिएको छ । प्रेमीले दिएको झुटा कसमहरु सम्झदै रोएका छन् । गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायका प्रमोद खरेलकाे समुधुर आवाजमा ‘सलाम छ मायालाई’ गीत सार्वजनिक भएको छ । प्रमोद खरेलले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै एलेन मगरले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भयका छन्।

गीतमा एकेन्द्र भुलको शब्द,एलेन मगरको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

लक्षु गौतमको कथा/निर्देशन रहेको उक्त भिडियोमा एलेन मगर / सलु छेम्जोङ्ग लिम्बु / समिर मगर / मनोज दवाडी /गोपाल आचार्य /अशोक पहरी / जनम बहादुर सिंहको अभिनय देख्न सकिन्छ। रेशम दर्लामीको छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । यस म्यूजिक भिडियोका निर्माता बिपन लिम्बु रहेका छन्। ‘सलाम छ मायालाई’ म्यूजिक भिडियो CK Motion Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *